पूर्वसभामुख महराकी पत्नी सीताको निधन

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। कोरोना भाइरस संक्रमणको पुष्टि पश्चात उपचाररत उनको बुधबार बिहानै निधन भएको हो। उनको बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले जनाएको छ।

दशैंमा पुर्ख्यौली घर रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ मा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। त्यहाँ कोरोना परीक्षण गर्दा उनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। जसपश्चात कार्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित समेत थिइन्। महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो। कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

प्रकाशित : बुधबार, कार्तिक १९, २०७७०८:१८

रोकिएन गोर्खा ब्रुअरीको ठगी धन्दा