मैले राजीनामा दिए देश बर्बाद हन्छ – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजिनामा नदिने बताएका छन्।

बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्नेक्रममा ओलीले आफूले राजीनामा दिए देश पछाडी पर्ने दावी गर्दै कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पारे। आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने उनको दावी छ। आफूले आफ्नो लागि भन्दा पनि देशको लागि राजिनामा नदिने उनले बताए।

“तपाईँहरु नै भन्नुस् के मैले अहिले राजीनामा दिनुहुन्छ? मेरो लागि होइन, देशका लागि। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ जान दिनु हो। त्यस कारण म राजीनामा दिने वाला छैन।”,उनले भने।

प्रधानमन्त्री ओलीले आफू कुनै जाल झेल र टिकडमले प्रधानमन्त्री बनेको नभई व्यापक जनसमर्थले प्रधानमन्त्री बनेको दावी समेत गरे। आफ्नो रहरले नभइ जनताको चाहनाले गर्दा आफू प्रधानमन्त्री बनेको उनको दावी छ।

सरकार ढाल्न विभिन्न प्रयास भएपनि सफल हुन नसकेको उनले बताए। अस्थिरताको खेती गर्नेहरुले देशलाई अस्थिरतातर्फ धेलेल्ने प्रयास गरिरहेपनि आफूहरु काम गर्न नछाड्ने उनको भनाई छ।

“सरकार ढाल्न धेरै थरीले धेरै प्रकारको कोशिश गरे। बाहिर, भित्र जे मा पनि आलोचना गर्ने प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहोऔं।”,प्रधानमन्त्री ओलीले भने।

प्रकाशित : बुधबार, कार्तिक १९, २०७७१५:२८

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने