काठमाडौँ – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा अगाडी देखिएका छन्।
पछिल्लो मतगणना अनुसार बाइडेनले २५३ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन्। बाँकि रहेका केहि राज्यमा समेत बाइडेनको अग्रता कायमै छ।
जित नजिक पुगेसँगै जो बाइडनले ह्वाइट हाउस जाने तयारी थालेका छन्। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार राष्ट्रपतीय चुनावको अन्तिम नतिजा आउनुअघि नै बाइडनले ह्वाइट हाउस जाने तयारी थालेका हुन्।
बाइडनले चुनावी परिणाम आउनु अगाडी नै संक्रमणकालिन (ट्रान्जिसन) समूह समेत गठन गरिसकेका छन्। चुनावको अन्तिम मतपरिणामअनुसार चुनाव जित्ने उम्मेदवारले जिम्मेवारी नसम्हाल्दासम्मका लागि एक संक्रमणकालिन (ट्रान्जिसन) समूह गठन गर्ने प्रचलन अनुरुप उनले ट्रान्जिसन समूह गठन गरिसकेको बताइएको छ।
मतगणनामा पछि परेका डोनाल्ड ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका छन् । उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन् ।
ट्रम्पले मतदानमा ‘धोकाधडी’ भएको आरोप लगाइरहेको अवस्थामा बाइडेनले ह्वाइट हाउस जाने तयारी थालेको विषयलाई महत्वका साथ हेरिएको छ।