ओलीलाई भेटेपछि प्रचण्डले भने – ‘अब बालुवाटार छिर्दिनँ’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद साम्य हुने भन्दा पनि झनै बढ्दै दिशा तर्फ अगाडी बढेको छ। दुई अध्यक्ष बीच बिहिबार भएको बैठकमा कुनै सहमति हुन नसकेसँगै विवाद थप बढ्ने देखिएको हो।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहाल ओलीसँगको बैठकबाट बाहिरिसकेका छन्। ओलीबाट सहमति गर्ने ‘छनक’ नदेखाएसँगै प्रचण्ड बाहिरिएका हुन्।

प्रचण्ड वार्ताकै लागि बालुवाटार आउनुको कुनै औचित्य नहुने भन्दै बाहिरिएको बुझिएको छ। नेकपाका एक नेताका अनुसार प्रचण्डले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका छन्। प्रचण्डले अब वार्ताका लागि बालुवाटार छिर्दिन भनेको ती नेताको भनाई छ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै आइतबार अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यलाई ब्रिफिङ गरेपछि दुई बीचको सम्बन्ध थप बिग्रिएको थियो। त्यसपश्चात दुई बीच संवाद हुन सकेको थिएन।

बुधबार ओलीले प्रदेश १ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिएका थिए। बुधबार नै ओलीले एक कार्यक्रममा आफूले राजीनामा दिएर देशलाई बर्बाद नपार्ने बताएका थिए।

 

प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७१५:४१

विशेष सुराकको आधारमा होटलमा छापा, तीन युवतीसहित सात पक्राउ !