भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी छिन् ।

बिहिबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन्।

सन् १९५० मा पहिलोपटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्परालाई निरन्तरता दिँदै सो दर्जा सँग-सँगै उपहारको रुपमा तरवार पनि दिइयो।

शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको पनि उपस्थिति थियो।

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको सम्मानमा आज जङ्गीअड्डामा रात्रिभोजको पनि आयोजना हुनेछ ।

प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७१८:३४

‘राजाले मात्रै दलभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्न सक्छन्’