स्याङ्जाका डिएसपी एक्सनमा: एकै दिन पक्राउ परे १ सय ११ अपराधी !

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीहरुको खोजी कार्य तीब्र पारेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष सक्रियता देखाएर फरार प्रतिवादीहरुको खोजी कार्य तीब्र पारेको हो।

प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार स्याङ्जा प्रहरीले एकैदिन १ सय भन्दा बढी फरार प्रतिवादीहरु पक्राउ गरेको छ।

बिभिन्न मुद्दामा अदालतको फैसलाले कैद तथा जरिवाना सुनाए पनि फरार रहेका र सजाय असुल उपर गर्न बाँकी रहेका १ सय ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको अधिकारीले बताए।

पक्राउ परेकामध्ये ९७ पुरुष र १४ महिला गरी १ सय ११ जना रहेका छन्। फरार प्रतिवादीहरुलाई पक्राउ गरी सबै जनालाई स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको छ।

दशै तिहारको समयमा जिल्ला तथा देश बाहिर रहेकाहरु घर फर्किने र सो क्रममा फरार प्रतिवादीहरु पनि फेला पर्ने भन्दै विशेष अप्रेशन चलाइएको अधिकारीको भनाई छ।

“दशै तिहारको बेलामा अत्याधिक मानिसको आवागमन हुन्छ। हामीले बिशेष योजना बनाई लामो समय देखि निग्रानी गरी फरार प्रतिवादीहरुलाई जिल्ला भित्रका बिभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गर्न सफल भएको हौँ”,उनले भने।

बुधबार पक्राउ गरिएकाहरु मध्ये २०५९ साल देखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जिल्ला स्याङ्जा थुमपोखरा घर भई लामो समय देखि लुकिछिपि नवलपरासी सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, ज-वरजस्ती क-रणी मुद्दामा लामो समय देखि फरार रहेका बालसिंह गुरुङ, ज-वरजस्ती क-रणी उद्योगमा संलग्न ६ जना, हाडनाता क-रणीमा संलग्न ३ जना लगायत छन्।

प्रकाशित : शुक्रबार, कार्तिक २१, २०७७०८:५५

मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै