मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

काठमाडौँ – कोरोना भाइरस संक्रमण भएका हाँस्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ। उनको आईसियूमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ।

गजुरेलमा कोरोना भाइरसको संक्रमण रहेको कार्तिक १० गते थाहा भएको थियो। त्यसपश्चात उनी होम आइसोलेसनमा बसिरहेका थिए। घरमा हुँदा उनलाई कोरोनाको लक्षण समेत देखिएको थियो।

केहि दिन अगाडी गजुरेलले शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका थिए। त्यसक्रममा उनले सकेसम्म कोरोनाबाट जोगिन सबैमा आग्रह गरेका थिए।

“अझै पुर्ण सुधार भैसकको छैन । शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको छ । माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको छैन तर स्विचअफ भने गरेको छैन । किनभने साईलेन्ट नै सही, तपाईंका कल, म्यासेज र कामनाका तरंगले आत्मवल उच्च बनाई रहेको छ । सकेसम्म सबैजना कोरोनाबाट जोगिन सक्नुहोस् । संक्रमितहरुलाई आत्मवल मिलोस् । “,त्यस दिन उनले फेसबुकमा लेखेका थिए।

प्रकाशित : शुक्रबार, कार्तिक २१, २०७७०९:३६

झापामा कोेरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए !