काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णय प्रति आपत्ति जनाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार एक ट्वीट गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्।
संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन रहिआएको र सोही अनुसार नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको भट्टराईको भनाई छ।
“संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।”,भट्टराईले ट्वीट गर्दै भनका छन्।
यसरी संविधान/राज्यप्रणाली अनुरूप रहिआएको नामबाट ओली सरकार किन पछि हटेको भन्ने उनको प्रश्न छ। भट्टराईले यस्तो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
“सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन!”,भट्टराईले ट्वीटरमा लेखेक छन्।
ओली सरकारले यस्तो निर्णय गर्नु पछाडी केहि गडबडी हुन सक्ने भन्दै प्रतिवाद गर्न सबैमा उनको आग्रह छ।
ओली थप लेख्छन्,”दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार !”
संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार!!https://t.co/gcyvOLSOQr
— Baburam Bhattarai (@brb1954) November 6, 2020