माघको अन्त्यसम्म थप डेढ लाखमा कोरोना देखिन सक्छ, स्वास्थ्य मन्त्रालयले मात्र उपचारको व्यवस्थापन गर्न सक्दैन !

माघ महिनाको अन्त्यसम्म थप डेढ लाखसम्ममा कोरोना संक्रमण पुष्टि हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षण अर्यालका अनुसार आगामी माघसम्म लगभग १ लाख ४८ हजार मानिसमा कोरोना संक्रमण पुष्टि हुनसक्छ।

पहिलो चरणमा असोजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार र बढीमा ९१ हजारसम्म पुग्न सक्ने अनुमान गरिएको थियो भने अहिले दोस्रो चरणको योजना तयार पारेर अगाडी बढेको अर्यालले जनाए। ‘अहिले हामीले दोस्रो चरणको योजना बनाएर काम गरिरहेका छौं’ अर्यालले भने।

कोरोना महामारीको जोखिम नियन्त्रणको लागि तयार रहन सरकारले स्थानीय तह, जिल्ला, प्रदेश र संघीय अस्पताल निर्माणका लागि बजेट पठाइसकेको पनि अर्यालले जानकारी दिए। ‘कोरोना उपचार र व्यवस्थापनको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग मिलेर काम गरिरहेका छौं’ उनले भने।

अबको अवस्थामा स्वास्थ्य मन्त्रालयले मात्र कोरोना रोग थाम गर्न नसक्ने कुरा अर्यालले बताए। उनले भने,’स्वास्थ्य मन्त्रालयले मात्रै कोरोनाको उपचारको व्यवस्थापन गर्न सक्दैन।’

प्रकाशित : शुक्रबार, कार्तिक २१, २०७७१४:२१

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु !