दम रोग कम गर्नको लागि गर्नुहोस् यस्ता ३ योगासन !

श्वास प्रश्वास सम्बन्धि एक ग-म्भीर रोग हो दम। दमको समस्यामा अक्सिजनको पर्याप्त मात्र फोक्सोसम्म पुग्दैन जसको कारणले व्यक्तिमा सास फेर्न समस्या आउन थाल्छ। केहि योग आसनको अभ्यास गरेर हामी दम रोगबाट राहत पाउन सक्छौँ। दमको रोगीले कस्ता योगका आसन गर्नुपर्छ त?

अर्ध मत्येन्द्र आसन


यो योगासन गर्न पहिला तपाईको खुट्टा सिधा फैलाएर बस्नुहोस्। त्यसपछि, तपाईको देब्रे खुट्टा बंगाएर कुइनाको सहारा राख्नुहोस्। त्यसपछि तपाईको दाहिने खुट्टा घुँडाबाट खुम्चाएर माथि उठाउनुहोस् र यसलाई देब्रे खुट्टाको तिघ्राको माथिबाट लगेर दाहिने खुट्टा जमिनमा राख्नुहोस्। त्यसपछि तपाईको देब्रे हातले दाहिने खुट्टाको घुँडाको औंला समात्नुहोस्। त्यसपछि पछाडि पीठबाट दाहिने हात घुमाउनुहोस्। तपाईको टाउकोलाई दाहिने पट्टि घुमाउनुहोस् ताकि तपाईको चिउँडो र देब्रे काँध सिधा लाइनमा होस्। सावधानी अपनाउनुहोस् कि तल झुक्नु हुँदैन।

शवासन


यस आसन अभ्यास गर्नको लागि ढाडको बल सुत्नुहोस्। त्यसपछि दुबै खुट्टा फैलाउनुहोस् र शरीरको लगभग एक फीटको दूरीमा आफ्नो हात फैलाउनुहोस्। अब हातको औंला आकाशतर्फ फर्काउनुहोस्। त्यसपछि आँखा बन्द गरेर बिस्तारै सास लिँदै छोड्दै गर्नुहोस्।

पवन मुक्तासन


शरीरको दूषित हावा यो आसन गरेर बाहिर आउँछ। त्यसैले पनि यस आसनलाई पवन मुक्तासन भनिन्छ। यसको पहिला लागि शवासनको आसनमा सुत्नुहोस्। त्यसपछि आफ्नो दुई खुट्टा एक अर्कासँग जोड्नुहोस्। र कम्मरमा हात राख्नुहोस्। अब दुबै घुँडा खुम्चाउनुहोस् र बिस्तारै छातीतर्फ ल्याउनुहोस्। त्यसपछि आफ्ना हातले अँगालो मारेको जसरी घुँडा समात्नुहोस्। त्यस पछि, तपाईंको टाउको भुइँबाट माथि उठाउनुहोस् र आफ्नो । चिउँडोले घुँडा छुनुहोस्।

प्रकाशित : शुक्रबार, कार्तिक २१, २०७७१८:०१

कोरोना संक्रमणमुक्त भएका मानिसमा कति समयसम्म रहन्छ एन्टिबडी ? यसो भन्छन् वैज्ञानिक !