काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट सांसद रहेका गोकुल बाँस्कोटाले देशलाई सङ्घीयता आवश्यक नै नभएको बताएका छन् ।
सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा नेपाल मात्र लेख्ने भन्दै गरेको निर्णय माथि टिप्पणी गर्दै ट्वीटर मार्फत बाँस्कोटाले देशलाई सङ्घीयता आवश्यक नै नभएको बताएका हुन्।
सङ्घीयता द्वन्द्व व्यवस्थापनको लागि मात्रै स्वीकारिएको उनको भनाई छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गर्दैमा कस्तो प्रतिगमन भयो भन्ने उनको प्रश्न छ।
“सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम।यस्मा चै के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको त छैन। द्वन्द्व व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन सङ्घीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन। कमरेडका दुःख पनि कहिल्यै नसकिने के !”,बाँस्कोटाले ट्वीटरमा लेखेका छन्।
सरकारले गत ११ असोजमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको थियो। उक्त निर्णय बारे तत्काल सार्वजनिक नभएपनि कानुन मन्त्रालयबाट गत असोज २८ गते ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्नू भनेर मातहतका निकायहरूमा पत्राचार गरेपछि सार्वजनिक भएको थियो।
सरकारले गरेको उक्त निर्णय बारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। यस विषयलाई राप्रपाका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् भने जनता समाजवादी पार्टीका नेताहरुले आपत्ति जनाएका छन्।
सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता।लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!
— Gokul Prasad Baskota (@GokulPBaskota) November 6, 2020