काठमाडौँ, कार्तिक २२। लोकप्रिय हास्यकलाकार तथा निर्देशक निर्मल शर्मा ‘गैडा’ कोरोना संक्रमित भएका छन्। शुक्रबार गराएको पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो ।
आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनले यसअघि आफुसंग स-म्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘एकदिन सामान्य जोरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरे पनि आज गरेको पिसिआर टेस्टमा मेरो रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। आजबाट १४ दिन पुर्ण रुपमा घरमै बसी यो कोरोनाबाट मुक्त हुने प्रयास गर्नेछु। यो २/३ दिनमा म संग संपर्कमा रहनु हुने कसैलाई लक्षण देखा परे टेस्ट गरी सुरक्षित रहन हार्दीक अनुरोध गर्दछु !!