काठमाडौँ, कार्तिक २३ । केहि दिन यता बढ्दै आएको सुनको मूल्यमा आज पनि वृद्धि भएको छ। शुक्रबार १ हजार रुपैयाले बढेको सुनको मूल्यमा आज ५ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ५ सय रुपैयाले बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २ सयमा कायम भएको छ।
बुधबार कायम भएको सुनको मूल्य डेढ महिना यताकै बढी हो। बुधबार कायम भएको सुनको मूल्य ४६ दिन यताकै महँगो रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
पछिल्ला केहि महिना भन्दा असोज महिनामा सुनको मूल्य केहि सस्तो भएको थियो। बुधबार कायम भएको सुनको मूल्य असोज ५ गते यताकै महँगो रहेको छ।
त्यस्तै शुक्रबार चाँदीको भाउमा समेत प्रतितोला ४५ रुपैंयाँले वृद्धि भएको छ। शुक्रबार १२ सय ५५ मा कारोबार भएको चाँदी आइतबार १२ सय ७५ निर्धारण गरिएको छ।