“पार्टी नयाँपुस्तालाई सुम्पिएर झन्झटपुर्ण खेल खतम गरौँ”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका गोकुल बाँस्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न माग गरेका छन्।

शनिबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने बताएपछि बाँस्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न माग गरेका हुन्।

पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आइतबार एक ट्वीट गर्दै सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गर्न माग गरेका छन्। नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने उनको भनाई छ।

“नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम।”,बाँस्कोटाले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७१३:०८

यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन