हनिमुनको लागि पतिसंग दुबई पुगिन नेहा, होटलको कोठाबाट शेयर गरे यस्तो तस्विर!

हालै विवाह बन्धनमा बाधिएकी चर्चित गायिका नेहा कक्कड हनिमुन मनाउनको लागि पति रोहनप्रीत सिंहसंग दुवै पुगिसकेकी छिन्। रोहनप्रीत सिंहले आफ्नो इंस्टाग्राम स्टोरीमा नेहाको तस्विर शेयर गरेका छन्। जसमा नेहा  मुम्बई एयरपोर्टमा बसिरहेको देखिन्छ। एक अर्को  स्टोरीमा  होटेलको कोठाको भिडियो छ, जुन निकै विशेष रहेको  छ।

रोहनप्रीत सिंहले आफ्नो इंस्टाग्रामबाट यस यात्राको भिडियो शेयर गरेका छन्। एक भिडियोमा नेहा कफी पिउदै गरेको देखिन्छ। यो भिडियो मुम्बई एयरपोर्टको हो ।  यसबाहेक रोहनप्रीतले अर्को एक भिडियो शेयर गरेका छन, जुन निकै विशेष रहेको छ ।

रोहनप्रीतले भिडियो शेयर गर्दै लेखेका छन्, ‘मेरो सुन्दर डल, सधै सुरक्षित रहनु।’ यसको साथै रोहनप्रीतले  रेड हार्ट इमोजी राखेका छन्। यसपछि  रोहनप्रीत सिंहले दुवैको एक होटलको रुमको भिडियो शेयर गरेका छन्, जसमा सेतो र रातो फुलबाट हार्ट बनाइएको छ। रुमलाई निकै रोमान्टिक तरिकाबाट सजाइएको छ।

 नेहा र रोहनप्रीतले २४ अक्टुबरमा दिल्लीको एक गुरुद्वारेमा विवाह गरेका थिए।

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७१४:२३

प्रदेश १ मा कोरोना उपचार निः शुल्क !