कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, थप २८१७ जनामा संक्रमण पुष्टि !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा आज २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज २ हजार ८१७ कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।

विगत २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । हाल देशभर ३५ हजार ४१९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

मुलुकभर हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या १ हजार १०८ पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप २१ जनाको ज्यान गएसँगै मृ-त्यु हुनेको संख्या १ हजार १०८ पुगेको हो।

उपत्यकामा १५ सय भन्दा बढी संक्रमित 

आइतबार काठमाडौं उपत्यकामा १५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १  हजार ५३३ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र १२९४ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७१६:३८

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बढ्यो कारोबार रकम!