चिकेन खान प्राय: सबैलाई मन पर्छ। तर हामीले हाम्रो दैनिक जीवनमा चिकेनको साथमा केहि यस्ता चिज खाइरहेका हुन्छौँ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ।
चिकेनसँग केहि छन् जसको सेवनले तपाईंको शरीरलाई नकारात्मक असर गर्न सक्छ।
दही
दही कहिले पनि चिकेनको साथ सेवन गर्नु हुँदैन। यो किनभने चिकेन तातो हुन्छ, यसले शरीरलाई न्यानो दिन्छ जबकि दही चिसो हुन्छ र यसले पेटमा चिसो प्रधान गर्छ । दही र चिकेन सँगै सेवन गरियो भने दुबैको तत्त्वहरू सँगै मिसिन्छन् जसले पाचन प्रणालीमा नराम्रो प्रभाव पार्छ। साथै धेरै पेट सम्बन्धि समस्याको कारण बन्न सक्छ।
माछा
चिकेन र माछा दुबै चिजमा प्रोटिन भरपूर मात्रामा पाईन्छ। तर यी दुई चिजमा फरक प्रकारको प्रोटिन हुन्छ। त्यसैले, यी दुई चिज एकसाथ सेवन गर्नाले शरीरमा धेरै नोक्सान पुर्याउँछ।
दुध
चिकेन र दुध एकसाथ सेवन बिर्सेर पनि गर्नुहुन्न । किनभने दुधमा हुने धेरै पोषक तत्व कुखुराको पौष्टिक तत्वकासाथ मिलेर शरीरमा हानिकारक प्रभाव पुर्याउँछ। दुध र चिकेन एकसाथ खाँदा यसले शरीरमा रियाक्सन गर्छ । जसले गर्दा शरीरमा सेतो दाग-धब्बा देखा पर्छ।