देशभर २५ सय भन्दा बढी कोरोना संक्रमित थपिए, १७९८ जना संक्रमणमुक्त !

पछिल्लो २४ घण्टामा  देशभर २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार ५७१  जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४  पुगेको छ।

आज ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७९८ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ५९ हजार ७२४  पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ छ।

त्यस्तै, आज थप १८ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ११२६ पुगेको छ।

उपत्यकामा १४ सय भन्दा बढी संक्रमित   

सोमबार काठमाडौं उपत्यकामा १४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ४२८ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र ११३६ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९१ र ललितपुरमा २०१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : सोमबार, कार्तिक २४, २०७७१६:३१

कालापानी नजिकैको गाउँ छाङ्गरुमा टेलिकमको टावर निर्माण शुरु