घरमा आएका यी ४ व्यक्तिलाई भुलेर पनि खाली हात नपठाउनुहोस् !

शास्त्रका अनुसार ‘दान’ गर्नुलाई एक ठुलो पुण्य मान्य गरिन्छ। दान गर्नाले मानिसले जानी नजानी गरेका केहि पापहरुबाट पनि मुक्ति पाइनुका साथै मृत्यु पश्चात पनि स्वर्गमा बास हुने विश्वास गरिन्छ। यिनै मान्यताका आधारमा हिन्दु अनुयायीहरु दानलाई बिशेष महत्वका हेर्ने गर्छन।  बिशेष गरि दान कुनै पनि पवित्र धार्मिक तीर्थस्थलमा गएर गर्ने गरिन्छ।

दानको महत्व 

कुनै दिन दुखि तथा दरिद्र र पण्डितहरुलाई दान दिनले सम्पूर्ण पापबाट छुटकारा मिल्ने मान्यता रहेको छ।

यस्ता व्यक्तिलाई दान गर्नुहोस 

शास्त्रमा उल्लेख गरी अनुसार घरको ढोकामा आएका यी ४ व्यक्तिहरुलाई खाली हात सकेसम्म पठाउनु हुदैन। यदि तपाईसंग यिनीहरुलाई दिनका लागि केहि छ भने अवश्य पनि दिएर पठाउनु होला जसले गर्दा घरमा सुख शान्ति छाउनुका साथै कुण्डलीमा देखिएका दोषहरु काटिएर जाने मान्यता रहेको छ।  केहि दिने

भिखारी 

यदि तपाईको घरको ढोकामा कुनै भिखारी आउछ भने त्यसलाई खाली हात पठाऊदै नपठाउनुहोला।  उनीहरुलाई आफुसंग जो भएको सामाग्रीहरु जस्तै पैसा , कपडा , अन्न अनाज जस्ता वस्तु दिएर पठाउनु होला।

किन्नर

यदि तपाइको घर या कार्यस्थलको ढोकामा किन्नर आएर उभिएको अवस्थामा उनीहरुलाई पनि खाली हात नपठाउनु होला।  किन्नरलाई दान गर्नाले कुण्डलीको बुध ग्रह बलियो भएर जानेछ जसलाई भाग्यको कारक मान्ने गरिन्छ। सम्भव भए सम्म यिनीहरुलाई हरियो रंगको दान गर्नु पर्दछ।

असहाय / अपांग 

यदि कोहि भिखारी , असहाय अपांग तपाइको अगाडी सहयोगको भिख माग्छ भने उसलाई भुलेर पनि खाली हात नपठाउनु होला। ज्योतिष शास्त्रका अनुसार यस्ता मानिसलाई शनि -राहुको पतिक मान्ने गरिन्छ। त्यसैले यस्ता मानिसलाई सहयोग गर्नाले पारिवारिक सुख समृद्धि मिल्नुका साथै पापबाट छुटकारा पाइन्छ।

सल्लाहकार 

यदि ढोकामा कोहि सल्लाह्करा , ज्ञानी , सन्त महात्मा आएको खण्डमा पनि उनीहरुलाई केहि न केहि दिएर पठाउनु आवश्यक छ।  यिनीहरुबाट ज्ञान ,आशिर्वाद लिने र आवश्यकीय वस्तु दान गर्नाले घरमा खुसियाली छाउने छ।

प्रकाशित : सोमबार, कार्तिक २४, २०७७१७:३७

माता लक्ष्मीको प्रिय हुन्छन् यस दिन जन्मेका मानिस, सधैं रहन्छ लक्ष्मीको कृपा !