आज मंगलबार ह्वातै घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको मुल्य!

काठमाडौँ, कार्तिक २५ । सोमबार एक्कासी उकालो लागेको सुनको भाउ आज भने ह्वातै घटेको छ। आज सुनको मुल्य तोलामा ३४ सय रुपैयाले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ३४ सयले घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला ९४  हजार ८  सय पुगेको छ। यस्तै सोमबार तेजाबी सुनको मूल्यमा पनि ३४ सयले घटेको छ    भने मूल्य प्रतितोला  ९४  हजार ३ सय रुपैया कायम भएको छ।

सोमबार कायम भएको सुनको मूल्य कार्तिक महिनाकै मात्र नभई ६९ दिन यताकै महँगो हो। गत भदौ १६ गते यता सुनको मूल्य सोमबार जति महँगो कहिले पनि भएको थिएन।

कोरोना भाइरस महामारी पश्चात सुनको मूल्य पहिला भन्दा धेरै महँगो भएको छ। गत साउनमा रेकर्ड कायम गर्दै सुनको मूल्यले १ लाख समेत नाघेको थियो। त्यसबखत सुनको मूल्य १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा ७० रुपैंयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार सोमबार चाँदी प्रतितोला १२  सय १५ रुपैयामा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २५, २०७७११:४९

गरगहना लुट्ने बाह्र वर्ष जेल चलान!