कोरोना महामारी बीच भाईटिकामा रानीपोखरी खुल्ने !

यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने भएको छ।

सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशिल ज्ञवालीले जानकारी दिए। सीईओ ज्ञवालीका अनुसार रानीपोखरी व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग छलफल भएको पनि जनाएका छन्।

हरेक वर्ष भाईटिकाको दिनसर्वसाधारणको लागि खुल्ला हुने बालगोपालेश्वर मन्दिरमा आफ्ना दीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा चलिआएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर भर्खरै मात्र पुनर्निमाण सम्पन्न भएको हो।

यस वर्ष कोरोना मनामारीको बीच पनि सर्वसाधारणको लागि मन्दिर खुल्ने भएको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २५, २०७७१४:५७

महामारी नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ : अध्यक्ष तिमिल्सेना