नेकपा विवाद : अध्यक्ष ओली सहमत नभएपछि प्रचण्डले बोलाए सचिवालय बैठक !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किदै गएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको लागि सहमत नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सचिवालयको बैठक बोलाएका छन्।

धुम्बाराहीस्थिति नेकपाको पार्टी कार्यालयमा अपरान्ह ४ बजे बोलाइएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल हुने एक नेताले बताए।

यसअघि शुक्रबार पनि पाँचजना सचिवालयका सदस्यहरु सहित अध्यक्ष दाहाल बीच अनौपचारिक बैठक भएको थियो। उक्त बैठकले गरेको निर्णयबारे बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि माग गर्दै पत्र बुझाएका थिए।

बैठक आह्वान गर्न ढिलो गर्न नहुने अडानमा प्रचण्डसहित ५ सचिवालय सदस्यहरू छन्। अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारसम्म अध्यक्ष ओलीले बैठकको लागि सहमति नदिए बैठक बोलाउने जनाएका थिए।

प्रकाशित : मङ्गलबार, कार्तिक २५, २०७७१५:२६

काठमाडौँमा भूकम्पको कडा धक्का