५ हजार नाघे चितवनमा कोरोना सङ्क्रमित, प्रदेश १ मा ३१५ सङ्क्रमित थप!

जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो ।

सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लाका सङक्रमित मध्ये ३ हजार ४८६ ले कोरोना जितेका छन् । त्यस्तै १ हजार ५२२ सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन् । सङ्क्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार ३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट जिल्लाका ७७ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप
पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुई÷दुई, इलाम र पाँचथरमा एक÷एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक २५, २०७७१८:३१

प्रम केपी ओली र अध्यक्ष ‘प्रचण्ड’ लाई विभाजन रोक्न यस्तो खबरदारी!