शरीरको बोसो पगाल्नको लागि अपनाउनुहोस् यी घरेलु उपाय !

आजभोलीको व्यस्त जीवनशैलीका कारण मानिसहरुका शरीरमा फ्याटको स्तर बढ्दै गएको छ। अधिक बोसोले मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी रोगहरूको जोखिम बढाउँदछ। बोसो कम गर्न कुनै चमत्कारिक तरीका चाहिंदैन, किनकि यो जति चाँडो जम्मा हुन्छ, त्यति नै चाँडो कम गर्न सकिन्छ।

व्यायाम गरेर र सन्तुलित आहारको सेवन गर्नु यसको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो, तर केहि तरिकाहरू छन् जसले गर्दा छोटो समयमा नै शरीरको  बोसो कम गर्न सकिन्छ।

एप्पल साइडर भेनेगर

एक गिलास पानीमा १-२ चम्मच एप्पल साइडर भेनेगर मिलाएर यसलाई खाना खानु अघि पिउनुहोस्। यसले पेट र कम्मरमा जम्मा भएको बोसो कम गर्न मद्दत गर्छ। दैनिक रूपमा खाना खानु भन्दा पहिले यसलाई पिउँदा हाम्रो शरीरको चिनीको मात्रा पनि सन्तुलित हुन्छ जसले भोक कम गर्छ।

लसुन 

लसुन थुप्रै रोगहरूका लागि फाइदाजनक छ। लसुन खानाले शरीरको बोसो कम गर्नुका साथै यसले खराब कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ। एक कप तातो पानीमा एउटा कागतीको रस राखेर त्यसमा लसुनको ३ पोटी मिलाउनुहोस्। बिहान खाली पेटमा यो पानी पिउनुहोस् र तीन लसुनका पोटी पनि खानुहोस्। प्रत्येक दिन यो गर्नाले, तपाईंले चाँडै आफ्नो पेट वरिपरि जम्मा भएको बोसोबाट छुटकारा मिल्नेछ।

कागतीको रस 

ताजा कागतीको रसले शरीरमा मेटाबोलिजम बढाउनुका साथै अतिरिक्त बोसो पनि कम गर्छ। यसले पाचन प्रणली पनि मजबूत बनाउँछ। एक गिलास तातो पानीमा एउटा कागतीको रस र एक चम्चा मह मिलाएर खाली पेटमा पिउनुहोस्। यसले तपाईंको शरीरमा रहेको अतिरिक्त बोसो घटाउन मद्दत गर्छ।

दालचिनी 

दालचीनीले शरीरमा संकलित बोसो कम गर्छ। आधा चम्चा दालचीनीको पाउडर एक कप चिसो पानीमा एक चम्चा महको साथ मिलाउनुहोस् र २ मिनेटपछि पिउनुहोस्। यसले शरीरको बोसो कम गर्न मद्दत गर्छ।

तर्बुजा 

तर्बुजामा प्रशस्त रूपमा भिटामिन पाइन्छ। यसले कम क्यालोरी र अधिक पानी समावेश गर्छ जसलाई खाँदा पेट भरिएको महशुस हुन्छ र व्यक्तिलाई भोक पनि कम लाग्छ। यसमा भिटामिन सी को मात्रा अत्याधिक हुन्छ जुन छाला र शरीरको दुबैको लागि राम्रो मानिन्छ।

ग्रीन टी 

ग्रीन-टीले वजन घटाउन मद्दत गर्छ। यसमा रहेका तत्त्वहरूले शरीरबाट अतिरिक्त बोसो पगाल्छ। यसमा धेरै एन्टि-अक्सीडेन्टहरू हुन्छन् जसले बोसो कम गर्न मद्दत गर्छ। त्यसको लागि एक कप तातो पानीमा ग्रीन टी राख्नुहोस् र ५ मिनेटको लागि छोड्नुहोस्। त्यसपछि एउटा कागतीको रस र एक चम्चा मह मिलाउनुहोस्। दिनमा ग्रीन टी २ पटक पिउँदा निकै फाइदा हुन्छ।

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१७:३१

दैनिक रूपमा खानुहोस् आधा मुठ्ठी काजू, मिल्नेछ यस्ता गज्जबका फाइदा !