मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आर्थिक हिसाबले दिन अत्यन्त शुभ रहनेछ। आर्थिक आयोजना सफलताका साथ सम्पन्न हुनेछ। व्यापार व्यवसाय क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। बौद्धिक कार्य गर्नमा रुचि बढ्नेछ। रमणीय यात्राको योग बन्ने सम्भावना छ। शारीरिक तथा मानसिक रूपले तपाईं प्रफुल्ल रहनुहुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कडा परिश्रम पश्चात पनि अपेक्षित सफलता नमिल्ला। शारीरिक स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी पाचन सम्बन्धि समस्याले सताउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। मधुर बोलीको कारण अरु मानिस तपाईंबाट प्रभावित हुनेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्यमा समस्या देखा पर्नसक्छ। नवाश्यक वाद-विवादमा नपर्नुहोला। आफन्त तथा प्रियजनसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। मन भावुक रहनेछ साथै द्विधामा रहला। कार्यक्षेत्रमा परिस्थिति सोच जस्तो अनुकूल नरहला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दाजु-भाईबाट भरपूर लाभ मिल्ने सम्भावना छ। साथी-भाईसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ। हरेक कार्यमा सफलता मिल्नाले मन प्रशन्न रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। भाग्यवृद्धिको योग रहेको छ। सामाजिक तथा आर्थिक रूपले मान-सम्मान प्राप्त हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। अधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। निर्धारित कार्यमा अपेक्षाकृत सफल्ता नमिल्दा मन दुखी रहला। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्य राम्रो हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट लाभ मिल्ने सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ र प्रशन्न रहनुहुनेछ। माता लक्ष्मीको कृपा तपाईंमा रहनेछ। मित्र तथा प्रियजनसँग रमणीय भेटघाट हुनेछ। आनन्दमय यात्राको योग बन्ने देखिन्छ। परिवारमा सकारात्मक वातावरण रहनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
क्रोधमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। परिवारका सदस्य बीच मदभेद पैदा हुने सम्भावना देखिन्छ। स्वास्थ्य सम्बन्धि समस्या देखा पर्नसक्छ। सामाजिक क्षेत्रमा मानहानि हुनसक्छ, सजग रहनुहोला। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। साथी-भाईसँग भेटघाट गर्ने मौका मिल्नेछ। रमणीय यात्राको सम्भावना रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आर्थिक आयोजना सफलताका साथ सम्पन्न गर्न सक्षम हुनुहुनेछ। हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट लाभ मिल्नेछ। पदोन्नतीको योग रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। बुबा वा अग्रज बाट लाभ मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बौद्धिक कार्यको लागि दिन शुभ रहनेछ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ। सरकारी क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। शारीरिक थकान तथा मानिसक तनाब बढ्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनैतिक तथा निषेधात्मक कार्य गर्नबाट बच्नुहोस्। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। मानसिक थकानको अनुभव हुनेछ। क्रोधमा संयम राख्नुहोस् परिवारमा मनमुटावको भावना उत्पन्न हुनसक्छ, सजग रहनुहोला। स्वास्थ्य सामान्य रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मनोरंजन क्षेत्रमा खर्च हुनेछ। कला तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। व्यापार व्यवसाय क्षेत्रमा समय उत्तम रहनेछ। आफन्त तथा साथी-भाईसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। सामाजिक क्षेत्रमा ख्याति प्राप्त हुनेछ।