काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा आज २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज २ हजार ५६९ कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ पुगेको छ।
विगत २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना मुक्त भएका छन्। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या १ लाख ६२ हजार २४३ पुगेको छ । हाल देशभर ३८ हजार ९१२ जना सक्रिय सङ्क्रमित रहेका छन्।
हाल देशभर १० हजार ५१९ संस्थागत आइसोलेशन र २८ हजार ३९३ जना होम आइसोलेशनमा रहेका छन् ।
मुलुकभर हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप २६ जनाको ज्यान गएसँगै मृ-त्यु हुनेको संख्या १ हजार १७४ पुगेको हो।
उपत्यकामा १२ सय भन्दा बढी संक्रमित
बुधबार काठमाडौं उपत्यकामा १२ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार २६१ जना कोरोना संक्रमित थपिएका हुन्।
आज थपिएकामध्ये काठमाडौंका मात्र ९७६ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ८१ र ललितपुरमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

