हत्त-पत्त नपाइने यी ५ दुर्लभ वस्तु लक्ष्मी पूजाको दिन घरमा ल्याउनुहोस् ! वर्षभर हुनेछैन धनको कमि !

तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधना गर्ने गरिन्छ। हिन्दू धर्म ग्रन्थ अनुसार लक्ष्मी र सम्वृद्धिको देवी मान्ने गरिन्छ। घरमा लक्ष्मीको वास होस भन्नको लागि सबैले विभिन्न उपाय अपनाउनु गर्छन्। हिन्दू धर्मग्रन्थ अनुसार लक्ष्मीको आराधना गर्ने हो भने लक्ष्मी प्रसन्न हुने धार्मिक मान्यता रहेको छ।

लक्ष्मी पूजाको दिन निम्न उल्लेखित दुर्लभ वस्तुहरुलाई घरमा भित्र्याउँदा लाभै-लाभ मिल्ने धार्मिक विश्वास रहेको छ।

एकाक्षी नरिवल

एकाक्षी नरिवललाई लक्ष्मीको साक्षात् स्वरूप मान्ने गरिन्छ। त्यसै कारण यस दिन घरमा एकाक्षी नरिवल स्थापित गरेर पूजा गर्दा आर्थिक लाभ मिल्न सक्छ। तर एकाक्षी नरिवल पाउन भने धेरै गार्हो रहेको छ।

नागकेसर

लक्ष्मी पूजाको रातमा एक चाँदीको डब्बामा नागकेसर राख्नाले भाग्योदय हुनुका साथै आर्थिक समस्याको अन्त्य गराउने धार्मिक मान्यता रहेको छ तर नागकेसर पनि पाउन धेरै गार्हो हुने गर्छ।

गोमती चक्र

लक्ष्मी पूजाको दिन एकाबिहानै तीन गोमती चक्रलाई घोटेर घरको आगन र घर वरिपरी छर्दा घर शुद्ध हुने मान्यता रहेको छ। यसो गर्दा घरमा लक्ष्मीको वास हुने विश्वास रहेको छ।

कालो बेसार

बजारमा कालो बेसार पाउन धेरै गार्हो छ तर लक्ष्मी पूजाको दिन कालो बेसारलाई चाँदीको सिकामा मिलाएर दराजमा राख्दा घन लाभ हुने मान्यता रहेको छ।

प्रकाशित : बिहिबार, कार्तिक २७, २०७७१८:३८

बृहस्पतिले गर्दैछ राशि परिवर्तन, यस राशिको चम्किनेछ भाग्य !