आमाको निधन भएको १ दिनपछि नै ‘बजरंगी भाईजान’ का यी अभिनेताको मृत्यु!

अहिले संसारभर कोरोनाको प्रकोप बढिरहेको छ। पछिल्लो समय कोरोना संक्रमितको लाखौ केस आइरहेको छ। त्यस्तै कोरोनाको कारण हजारौको मृत्यु भैसकेको छ। त्यस्तै बलिउडका एक अभिनेताको पनि कोरोना संक्रमणको कारण निधन भएको छ । हिमाचल प्रदेशमा मंगलबार  १२ जना मानिसको निधन भयो। म’र्ने मानिसहरु मध्ये एक जना सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ का अभिनेता हरीश बंचटा थिए।

मंगलबार बिहान  हरीश बंचटाको निधन भएको हो। हरीश बंचटालाई पहिला हल्का ज्वरो आएको थियो। त्यसपछि उनलाई रोहडूबाट आईजीएमसीमा शिफ्ट गरियो। त्यहाँ उनको कोरोना टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आयो। त्यसपछि मंगलबार बिहानै उनको निधन भयो र उनको अन्तिम सस्कार गरियो। तर हरिशको मृत्युले उनको पुरै परिवार शोकमा डुबेका छन्। किनकि उनको मृत्यु भएको एकदिन पहिले उनको आमाको पनि मृत्यु भएको थियो।

दुइ दिनमा परिवारको २ सदस्य गुमाउदा परिवारमाथि दुखको पहाड फुटेको छ। हरिशको उमेर ४८ वर्षको थियो। उनि शिमलाको चौपाल शहरमा बस्थे।  उनि १८ वर्षदेखि फिल्म इंडस्ट्रीमा काम गरिरहेका थिए। उनले सिरियलबाट आफ्नो करियरको शुरुवात गरेका थिए।

उनि सीआईडी र क्रा-इम पेट्रोल जस्ता शोमा देखिएका थिए। र एकाएक २०१५ सालमा  उनलाई निकै ठुलो सफलता मिल्यो। उनलाई सलमान खानको साथ फिल्म बजरंगी भाईजानमा काम गर्ने अवसर मिल्यो। यस फिल्ममा हरीश बंचटाले पाकिस्तानको पुलिस अफिसरको भूमिका निभाएका थिए।

प्रकाशित : बिहिबार, कार्तिक २७, २०७७११:३६

वामदेव गौतमले मन्त्री बन्न पाउने भएपछि बाबुरामले भने – ‘पुरानै सोचको इजलास राखेको पाप’