वामदेव गौतमले मन्त्री बन्न पाउने भएपछि बाबुरामले भने – ‘पुरानै सोचको इजलास राखेको पाप’

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव हारेपछि पनि चोरबाटोबाट सांसदमन्त्री बन्ने कुसंस्कार रोक्नैको लागि संविधानमा विशेष व्यवस्था गरिएको बताएका छन्।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुला गरेसँगै भट्टराईले बिहिबार बिहान एक ट्वीट गर्दै यस्तो बताएका हुन्। चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद/मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८(४)को ब्यवस्था गरिएको उनको भनाई छ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले फैसला गर्दा न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नभई त्यसको स्पिरिट पनि हेर्नुपर्ने बताएका छन्। भट्टराईले विधानको स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं भनि प्रश्न समेत गरेका छन्।

‘चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद÷मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८ (४)को ब्यवस्था गरिएको हो। न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ। हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं?’, बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

प्रकाशित : बिहिबार, कार्तिक २७, २०७७११:५१

मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने