आफ्नो स्वास्थ्य राम्रो बनाउनको लागि मानिसहरु निकै मेहनत गर्छन। शरीरमा बोसो बढी हुदा थुप्रै रोग लाग्ने चिन्ता हुन्छ । किनकी मोटो शरीरमा धेरै रोग उत्पन्न हुन्छ। त्यसैले आफुलाई फिट राख्नको लागि आफ्नो ब्रेकफास्ट हेल्दी हुनुपर्छ। यसबाट तपाइको पुरै दिन राम्रोसंग चल्नेछ। गर्मि महिनाको तुलनामा जाडो महिनामा खानेकुरा बढी रुच्छ र मानिस मोटाउने गर्छ।
यदी तपाई आफुलाई स्लिम बनाइराख्न चाहनुहुन्छ भने यी ५ चिजलाई ध्यान दिनुहोस:
१. तेल, मसला र घिउ बढी भएको भोजन खान कम गर्नुहोस। किनकि तेल र मसलाले तपाइको शरीरमा बोसो बढाउछ। यस बाहेक तपाई चिप्स, ड्राई फ्रूट्स पनि खान बन्द गर्नुहोस। यसले तपाइको वजन बढाउछ।
२. नूडल्स खान सबैलाई मनपर्छ। विशेषगरी बच्चाहरुलाई नुडल्स निकै मनपर्छ। तर नुडल्सलाई हेल्दी ब्रेकफास्ट मानिदैन। तपाईले कहिल्यै पनि आफ्नो ब्रेकफास्टमा नुडल्स नराख्नुहोस। यो शरीरको लागि लाभदायक हुदैन।
३. तपाईले भुलेर पनि मार्केटमा बेच्न राखिएको जुस नखानुहोस्। यसको सट्टा घरमै फलफुलको जुस बनाएर खानुहोस। यसले स्वास्थ्यको साथै तपाइको शरीरलाई फिट राख्छ। जुश सधै खाजा खादा पिउनुपर्छ।
४. कहिल्यै पनि सुतेर उठेपछि तेलमा फ्राई गरेको खानेकुरा नखानुहोस्। प्राय मानिसहरु बिहान खाजामा पुरी खाने गर्छन। जसले स्वास्थ्यमा नराम्रो असर पर्छ र वजन बढ्न थाल्छ। त्यसैले बिहानको खाजामा चिल्लो खानेकुरा नखानुहोस्।