युवराज खतिवडाले भने – “मलाई पदको लोभ छैन”

cy{ ;ldltsf] a}7sdf cy{dGqL vltj8f sf7df8f}F, ^ r}t M k|ltlglw;ef, cy{ ;ldltsf] laxLaf/ l;+xb/af/df a;]sf] a}7sdf cy{ Pj+ ;~rf/ tyf ;"rgf k|ljlwdGqL 8f=o'j/fh vltj8f . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्तावित डा युवराज खतिवडाले एमसीसीको विषयमा सहजिकरण गर्ने बताएका छन्।

बिहीबार संसदीय सुनुवाइका क्रममा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै खतिवडाले एमसीसीमा सहजिकरण गर्ने आफ्नो योजना रहेको सुनाएका हुन्।

राजदूतमा नियुक्त भएपछि आफू आर्थिक कूटनीतिमा ध्यान दिने उनले सुनाए। नेपालको भूमिका अन्तर्राष्ट्रिय फोरममा उभ्याउने कुरामा आफू केन्द्रित हुने उनको भनाई छ।

“म राजदूत नियुक्त भएमा आर्थिक कूटनीतिमा ध्यान दिन्छु। नेपालको भूमिका अन्तर्राष्ट्रिय फोरममा उभ्याउने प्रयास गर्छु।”,उनले भने,”मेरो कार्यकालमा एमसिसीका विषयमा नेपालमा उठेका कुराहरु अमेरिकामा बुझाउने काम हुन्छ। स्पष्ट पार्ने विषयमा वहाँहरु तयार नै हुनुहुन्छ। म यसमा सहजीकरण गर्छु।”

खतिवडाले हिजो आफू निर्णायक भूमिकामा रहेपनि अहिले आफू सरकारले भनेको कुरा मान्ने स्थानमा रहेका कारण परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार अगाडी बढ्ने उनले स्पष्ट पारे।

साथै खतिवडाले आफू पदको लागि मरिहत्ते गर्ने मान्छे नरहेको पनि बताएका छन्। उनले आफूलाई व्यवसायिक व्यक्ति भएको दावी गर्दै पद नभएर आफ्नो गुजारा नै चल्दैन भन्ने नरहेको बताए।

“मैले पद मागेर लिएको हैन। २०६६ यता जति जिम्मेवारी पाएँ राज्यले दिएको हो। कर्माचारीले प्रमोशन माग्छ तर मैले कुनै नियुक्ति मागेको हैन।”,उनले भने,”मैले बुझेसम्म त्यहाँका राजदूतको प्रोटोकल मन्त्री सरह नै छ,’ खतिवडाले भने, ‘जुन भूमिका दिइन्छ स्वीकार गर्नुको विकल्प छैन।”

प्रकाशित : बिहिबार, कार्तिक २७, २०७७१४:५०

‘मेलम्चीको पानी काठमाडौँ झार्ने सपना कार्यान्वयन नजिक’