धन प्राप्तिको लागि गर्नुहोस् आफ्नो राशि अनुसार इष्टदेवको पूजा र मन्त्र जप !

आजको समयमा धनको अभाव सबै व्यक्तिको सबैभन्दा ठूलो समस्या भएको च। समाजमा जीवनस्तर उचाल्न होस् या प्रत्येक व्यक्तिलाई राम्रो जीवन बिताउन होस् धन चाहिन्छ। धर्मशास्त्र र ज्योतिष शास्त्रमा यस्ता धेरै उपायहरू उल्लेख गरिएको छ, जसबाट तपाईं धन बचत गर्न सक्नुहुनेछ र सम्पत्ति प्राप्त गर्न सक्नुहुनेछ। प्रत्येक व्यक्तिको राशि अनुसार इष्ट देवता हुन्छन्, जसलाई प्रशन्न पार्न सक्यो भने जीवनका समस्याहरूबाट मुक्त हुन सकिन्छ। आफ्नो राशि अनुसार इष्ट देवताको पूजा गरेर र मन्त्र जप गरेर तपाईं व्यापार र धन सम्बन्धित समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

मेष राशि 

मेष राशिका मानिसले भगवान हनुमानको पूजा गर्नुपर्दछ।

मन्त्र: ॐ हनुमते नमः

वृष राशि 

यदि यस राशिका व्यक्तिहरूले माता दुर्गाको पूजा गर्यो भने धन सम्बन्धि समस्याहरूबाट छुटकारा मिल्नेछ।

मन्त्र: ॐ दुर्गादेव्यै नम: 

मिथुन राशि 

मिथुन राशिका व्यक्तिहरूले भगवान गणेशको पूजा गर्नुपर्दछ।

मन्त्र: ॐ गं गणपते नमः

कर्कट राशि 

कर्कट राशिका मानिसले भगवान शिवको ध्यान र पूजा गर्नुपर्छ।

मन्त्र: ॐ नमः शिवाय

सिंह राशि 

यस राशिका मानिसहरूले सूर्यको पूजा गर्नुपर्दछ र सूर्यलाई दैनिक अर्घ्य चढाउनु पर्छ।

मन्त्र: ॐ सुर्याय नमः

कन्या राशि 

यदि यस राशिका मानिसहरूले बुद्धिका भगवान गणेशलाई पूजा गरे भने उनीहरूले छिट्टै धन सम्बन्धी समस्याबाट छुकारा पाउँछन्।

मन्त्र: ॐ गं गणपते नमः 

तुला राशि 

यो राशि हुने व्यक्तिले देवी लक्ष्मीको पूजा गर्नुपर्दछ। यसले तिनीहरूको सबै धन सम्बन्धित समस्याहरू समाप्त गर्दछ।

मन्त्र: ॐ महा लक्ष्म्यै नमः

वृश्चिक राशि 

यस राशि हुने मानिसले हनुमान जीको पूजा गर्नुपर्छ।

मन्त्र: ॐ हं हनुमते नमः

धनु राशि 

धनु राशिका मानिसहरूले भगवान विष्णुको पूजा गर्नुपर्दछ। धनु राशिका जातिले विष्णुको पूजा गरेर लाभ लिन सक्दछन्।

मन्त्र: ॐ श्री विष्णवे नमः

मकर राशि 

यस राशिका मानिसहरूले शनि र हनुमानको पूजा गरेर लाभ उठाउन सक्छन्।

मन्त्र:   ॐ शम् शनिश्चराये नम: 

कुम्भ राशि 

यस राशिका जातकहरुले शनिदेवको साथ भगवान शिवको पूजा गर्दा शुभ हुन्छ।

मन्त्र: ॐ महामृत्युंजय नमः 

मीन राशि 

यस राशिका मानिसले भगवान श्री हरि विष्णुको पूजा गर्नुपर्दछ र मन्त्रहरूको जप गर्नुपर्दछ।

मन्त्र: ॐ नारायणा नमः
ॐ गुरुवे नमः

प्रकाशित : शुक्रबार, कार्तिक २८, २०७७१६:०१

यसरी गर्नुहोस् दीपावलीको दिन लक्ष्मी पूजाको तयारी, सधैँ रहनेछ लक्ष्मीको कृपा !