काठमाडौँ – आज शुक्रबार धनतेरसको दिन सुनको मूल्य बढेको छ। बिहिबारको तुलनामा सुनको मूल्य आज तोलामा ५ सय रुपैंयाले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ५ सयले बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार २ सय पुगेको छ। यस्तै सोमबार तेजाबी सुनको मूल्यमा पनि ५ सयले बढेको छ भने मूल्य प्रतितोला रु ९४ हजार ७ सय कायम भएको छ।
सुनको मूल्यमा पछिल्लो केहि समय देखि उतारचढाव भइरहेको छ। गत हप्ता सुनको मूल्य २ महिना यताकै महँगो विन्दुमा पुगेको थियो। त्यस समय सुनको मूल्य प्रतितोला रु ९८ हजार २ सय पुगेको थियो।
धनतेरस र सुन
तिहारमा विशेष महत्व राख्ने धनतेरस आज मनाइंदैछ। आजको दिन गरगहना एवं तामाका भाँडाकुँडा किन्ने गरिन्छ। आज गरगहना किन्दा लक्ष्मीको कृपा स्थिर रहने भन्ने धार्मिक विश्वास रहीआएको छ।