बलिउडका यी ४ निर्देशकको फिल्म हुदैन कहिल्यै फ्लप!

एक फिल्म हिट हुनुमा कलाकारको  साथै  लेखक र निर्देशकको पनि  बराबर योगदान हुन्छ । दर्शकको चाहना बुझेर  त्यसलाई पर्दामा उतार्ने जिम्मा निर्देशकको हातमा हुन्छ।  मनोरंजन उद्योगमा यस्ता कमै स्टार छन जसले सत प्रतिशत सफलता मिलेको छ । यधपी यस्तो थुप्रै निर्देशक छन, जसले निर्माण गरेको फिल्म कहिले पनि फ्लप भएको छैन।

राजकुमार हिरानी


निर्देशक राजकुमार हिरानीको फिल्मले विशेष  रुपमा  समाजलाई एक संदेश दिन्छ । राजकुमार हिरानीले २००३ सालमा फिल्म निर्देशकको रुपमा पहिलो फिल्म ‘मुन्ना भाई एमबीबीएस’ मा काम गरेका थिए। त्यसपछि उनले  ‘लगे रहो मुन्ना भाई’, ‘३  इडियट्स’, ‘पीके’ र ‘संजू’ फिल्ममा काम  गरे। उनको सबै फिल्म हिट भएको छ।

अली अब्बास जफर


एक ब्लकबस्टर  फिल्म मेकरलाई थाहा हुन्छ कि फिल्म हिट बनाउनको लागि थुप्रै कुरालाई जोड्नु पर्छ। अली अब्बासका फिल्महरू पारिवारिक मनोरन्जनको उत्कृष्ट उदाहरण हुन्। उनले आफ्नो करियरको सुरुवात २०११ मा फिल्म ‘मेरे ब्रदर की दुल्हन’ बाट  गरेका थिए। त्यसपछि जफरले चलचित्र  ‘गुंडे’, ‘सुल्तान’, ‘टाइगर जिंदा है’ र ‘भारत’ बनाए।

अयान मुखर्जी


अयान मुखर्जीको फिल्मको कहानी ठुला सहर बारेमा हुन्छ  । २००९ मा  अयानले पहिलो फिल्म  ‘वेकअप सिड’ गरे। त्यसपछि २०१३ मा उनले दोस्रो फिल्म  ‘ये जवानी है दीवानी’ बनाए । अयानको दुवै फिल्म हिट रह्यो।

शशांक खेतान


अयानको  विपरीत शशांक खेतानको फिल्मको  कहानी सानो सहरबाट प्रेरित रहेको हुन्छ। शशांक खेतानले २०१४ मा  ‘हम्प्टी शर्माको फिल्म दुल्हनिया’ निर्देशित गरे। त्यसपछि  ‘बद्रीनाथ की दुल्हनिया’ र ‘धड़क’ बनाए।

प्रकाशित : शुक्रबार, कार्तिक २८, २०७७१२:३८

आज धनतेरस पर्व: सुन, चाँदी, तामा आदि खरिद गरी यसरी मनाइँदै!