मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। तपाईं आफ्नो जीवनसाथीसँग समय बिताउन र मायाको अनुभवको आनन्द लिन सक्नुहुन्छ। आर्थिक लाभको सम्भावना छ। वाहन सुख प्राप्त हुनेछ। अनावश्यक बहसबाट बच्नुहोला। तपाईंले गरेको कामको प्रशंसा हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। पैसा सम्बन्धि लाभको सम्भावना रहेको छ। माइती पक्षबाट शुभ समाचार प्राप्त हुनेछ। बिरामीको स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा रोकिएका कार्य सफलताका साथ पूरा हुनेछन्। पूरा दिन आनन्दमय रूपले बित्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। मानहानि हुने सम्भावना छ, सजग रहनुहोला। सन्तानसँग सम्बन्धित काममा खर्च गर्नुपर्नेछ। जीवनसाथीको स्वास्थ्य बिग्रन सक्छ। विद्यार्थी वर्गको लागि दिन शुभ रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिवारमा बहस तथा झै-झगडा हुनसक्छ। आफन्तसँग मनमुटाव हुने सम्भावना छ। स्त्री वर्गसँग मदभेद हुनसक्छ। आकस्मिक खर्च हुनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। सामाजिक क्षेत्रमा मान-सम्मानमा आँच आउनसक्छ, सजग रहनुहोला। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। भाइहरूसँग खुसीसाथ समय बित्नेछ। उनीहरुबाट लाभ पनि मिल्नेछ। रमणीय यात्राको योग बन्नेछ। साथी-भाईसँग रमाइलो भेटघाट हुनेछ। कार्य सफलता मिल्नाले मन प्रशन्न रहनेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिवारमा सकारात्मक वातावरण रहनेछ। आर्थिक लाभको सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यसँग आनन्दमय रूपले समय बित्नेछ। यात्राको योजना बन्ने देखिन्छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। आयात-आयात सम्बन्धित विषयहरूमा सफलता प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रचनात्मक तथा कलात्मक क्षेत्रमा रुचि बढ्नेछ। शारीरिक र मानसिक स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। तपाईं रचनात्मक कार्य गर्न सक्नुहुन्छ। आर्थिक मामिलामा व्यवस्थित योजना बनाईनेछ। पैसा, गहना, मनोरन्जन पछि खर्च हुनेछ। तपाईंको आत्मविश्वास बढ्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
चोटपटक लाग्ने तथा दुर्घटनाको योग भएकोले यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। अनावश्यक बहसमा फस्न सकिन्छ, सतर्क रहनुहोस्। तपाईं शारीरिक समस्या र मानसिक चिन्ता द्वारा व्याकुल हुनुहुनेछ। आफन्तजानसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आकस्मिक खर्च हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंको लागि यस दिन शुभ रहनेछ। तपाईं गृहस्थ जीवनको पूरा आनन्द लिन सक्नुहुनेछ। आयमा वृद्धि हुनेछ। साथी-भाईसँग रमाइलो भेटघाट हुने सम्भावना रहेको छ। स्वस्दिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यवसाय सम्बन्धित काममा लाभ मिल्ने सम्भावना रहेको छ। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। यस दिन आगो र पानीबाट बच्नुहोला। सन्तानको पढाईबाट सन्तुष्ट महसुस गर्नुहुनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक रूपले तपाईं अस्वस्थ रहनुहुनेछ। मानसिक स्वास्थ्य भने राम्रो रहनेछ। शरीरमा कम उर्जाका कारण कार्य गर्न उत्साह कम हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग खुसी रहनेछैनन्। आकस्मिक खर्च हुनेछ। यात्राको योग बन्नेछ। वैदेशिक क्षेत्रमा शुभ समाचार मिल्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव गर्नुहुनेछ। अत्यधिक खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ। परिवारका सदस्य बीच मदभेद पैदा हुनसक्छ। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। व्यपार व्यवसाय क्षेत्रमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा भने परिस्थिति अनुकूल नरहला।