तिहारमा माता लक्ष्मीको पूजालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । हिन्दू धर्म ग्रन्थ र पुराणमा धन र समृद्धिको अधिष्ठात्री देवी महालक्ष्मी/ लक्ष्मीलाई मानिएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख-संम्पन्नता र सधै माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा सबैको रहेको हुन्छ ।
दिपावलीको दिन घरवरीपरि सफा सुघर राख्ने गरिन्छ । यदि फोहोर राखेमा माता लक्ष्मी रुष्ट हुने र घर उनको वास नरहने हुँदा जीवनभर आर्थिक संकट सामना गर्नुपर्ने हुन्छ। लक्ष्मी पूजाको दिन परिवारका सदस्यहरुले अपशब्द बोल्ने वा झैँ-झगडा गरेमा पनि माता लक्ष्मी रुष्ट हुने र घरमा अनिष्ठ हुन् सक्ने र घरमा विभिन्न समस्याहरु उत्पन्न हुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । आज हामी तपाईहरुलाई यस्तो एउटा रोचक जानकारी दिन जाँदै छौँ जसबाट घरमा लक्ष्मीको वास भएको संकेत गर्ने गर्छ। दिपावलीको रात तपाईले यी ४ चिज घर वरिपरि देख्नु भएमा लक्ष्मीले घरमा वास गरिसकेकी छिन् भन्ने संकेत रहने गर्छ।
उल्लू : हिन्दू धर्म अनुसार उल्लूलाई धनकी देवी लक्ष्मीको वहन भनेर चिनिने गरिन्छ। उल्लूमा रहेका धेरै रहस्यहरु अहिले पनि कुनै मानवले पत्ता लगाउन सकेका छैनन्। दिपावलीको रात उल्लू देखिनु निकै शुभ मानिने गर्छ। यस दिन दिपावली पश्चात घर वरिपरि उल्लू देखिएमा आफ्नो घरमा लक्ष्मीको वास भईसक्यो भन्ने संकेत रहने गर्छ।
बिरालो : यदि तपाईले दिपावलीको रात आफ्नो घर वरिपरि बिरालो देख्नु भएमा निकै शुभ रहने कुरा हिन्दू धर्ममा उल्लेख गरिएको छ। यदि दिनहुँ जसो आफ्नो घरमा बस्ने बिरालो त्यस दिन भागेको छ भने सम्झनुस घरमा लक्ष्मीको वास हुन सकेन। जुन घरमा लक्ष्मीको वास हुँदा त्यस घरमा हर समय आर्थिक संकटले घेर्ने गर्छ।
छेपारो : हामी सामान्यतया घर वरिपरि छेपारो देख्न सक्छौं तर दिपावलीको दिन छेपारो देख्नुको छुट्टै महत्व रहने गर्छ। यस दिन छेपारो देख्नु निकै शुभ मानिने गर्छ। यदि घरमा दिपावली गरेपश्चात छेपारो देख्नुभएमा सम्झनुस घरमा लक्ष्मी माताको वास भईसकेको छ र जीवनमा कुनै पनि समय आर्थिक संकटको सामना गर्नुपर्ने छैन।
छुचुन्द्रो : घरमा आएको छुचुन्द्रो मार्नुहुन्न भन्ने धार्मिक विश्वास रहेको छ। यसलाई मरेमा घरबाट लक्षिन हट्ने समेत मान्यता रहेको छ। प्राय हरेकको घरमा दिनहुँ जसो छुचुन्द्रो देख्न सकिन्छ तर दिपावलीको दिन देखिनुले निकै शुभ संकेत दिने गर्छ। यस दिन दिपावली पश्चात छुचुन्द्रो देखिनुले घरमा लक्ष्मीको वास भईसक्यो र जीवनमा कहिलें आर्थिक संकट पर्नेछैन भन्ने कुरा बुझ्न सकिन्छ।