प्रचण्डलाई गोकुलको घुमारो धम्कि !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका गोकुल बाँस्कोटाले पार्टी एकताको सम्पूर्ण आधार नष्ट भएको बताएका छन्।

पूर्व-संचारमन्त्री समेत रहेका बाँस्कोटाले शनिबार सामाजिक संजाल मार्फत पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताको सम्पूर्ण आधार नष्ट गरेको आरोप लगाएका हुन्।

पछिल्लो समय पार्टीका दुई अध्यक्ष बीच ‘पत्रवा’र’ चलिरहेका बेला बाँस्कोटाले सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीप्रति संसदमा अविश्वासको प्रस्ताव ल्याउँदा प्रतिपक्षीले लगाउने जस्ता आरोप लगाएर एकताको आधार समाप्त पारेको बताएका छन्।

“अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो। फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने? मर्जी आफ्नै त हो!”,बाँस्कोटाले ट्वीटर तथा फेसबुकमा लेखेक छन्।

प्रकाशित : शनिबार, कार्तिक २९, २०७७१२:४५

कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म !