शारीरिक क्रिया प्रमुख रुपमा मृगौलाको कार्यभारमा निर्भर हुन्छ। यसमा हल्का कुनै विकार आउँदा शरीरको अन्य भागको कार्यप्रणालीमा असर पर्छ। यदि मृगौला स्वस्थ छ भने शरीरमा पानीको मात्रा नियन्त्रित गर्छ। मृगौलाले सही तरिकाले काम गर्नको लागि शरीरमा पानीको सन्तुलित हुन आवश्यक रहेको छ। शरीरबाट अत्यधिक पानीको मात्रा बाहिर निकाल्नको लागि मृगौला एक महत्वपूर्ण अंग हो र यसले शरीरमा पानीको जरूरतलाई पनि नियंत्रित गर्छ। मृगौला ट्रांसप्लान्ट विशेषज्ञ अनुसार “ यदि तपाईको मृगौलाले सहि रुपमा काम गर्न बन्द गरिरहेको छ भने किडनी डिस्फंक्शनको कारण शरीर भित्र अपशिष्ट पदार्थ जम्न थाल्छ र केमिकल असंतुलन पैदा हुन्छ। यस कारण मृगौला रोग हुन्छ र स्वास्थ्य खराब हुन्छ।
के तपाईलाई थाहा छ कि गर्भमा रहेको भ्रूणको पनि मृगौला खराब हुन सक्छ ?
ईएसआरडी: यस स्थितिमा मृगौलाली काम गर्न बन्द गर्छ र मृगौलालाई डायलिसिसको जरूरत पर्छ। कुनै गम्भीर मामिलामा मृगौला ट्रांसप्लांट गर्नसम्म जरुरत पर्छ।
नेफ्राइटिस: यसमा मृगौलामा सुन्निने गर्छ । डायबिटीज, हाई ब्लडप्रेशर र धमनीको बिरामीलाई यस्तो हुन्छ।
मेटाबलिक किडनी विकार: यो दुर्लभ किडनी विकार हो, जुन कि आमा र पिताबाट बच्चामा सर्छ । मृगौलाको रोगको केहि सामान्य लक्षण भने पटक पटक पिसाब आउनु ,पिसाबमा रगत आउनु र तेज ज्वरो आउनु हो। यधपी युवा वा वैशमा यो समस्या हुदैन ।
गर्भमा विकसित भईरहेको भ्रूणमा यो समस्या पाईन्छ। भ्रूणमा मृगौला डिस्प्लाप्सिआ हुने स्थितिमा मृगौला ठीक रुपले विकसित हुन सक्दैन। मृगौलामा रहेको थैलीमा फ्लूइड भर्छ। सामान्य रुपमा मृगौला डिस्प्लाप्सिआ कुनै एक मृगौलामा हुन्छ र यस समस्याबाट ग्रस्त भ्रूणको सही विकास हुन्छ तर केहि स्वास्थ्यसँग सम्बन्धित समस्या हुन्छ। जुन शिशुको दुवै मृगौला डिस्प्लाप्सिआबाट ग्रस्त हुन्छ उसले गर्भावस्थालाई पूरा गर्न सक्दैन। किडनी डिस्प्लाप्सिआको सबैभन्दा सामान्य लक्षण जन्मको समयमा किडनीको आकार बढ्नु हो। मूत्र मार्गमा आएको असामान्यताको कारण मूत्र मार्गमा संक्रमण हुन सक्छ। केहि मामलामा मृगौलामा डिस्प्लाप्सिआबाट ग्रस्त बच्चालाई हाई ब्लडप्रेशर हुन सक्छ। यस स्थितिबाट रहेको बच्चामा मृगौला क्यान्सरको पनि खतरा हुन्छ। यदि मूत्राशयबाट जोडिएको कुनै समस्याको असर स्वस्थ किडनीमा पर्यो भने क्रनिक किडनी रोग र किडनी फेलियरसम्म हुन सक्छ।

