मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना, एकको मृत्यु

dgf]/~hg lng dfgx'Fsf]6 k'u]sf cfGtl/s ko{6s bdf}nL, !* sflQs M tgx'Fsf] Jof; gu/kflnsf–% dfgx'Fsf]6df cfGtl/s ko{6ssf] 3'OFrf] . ;"of]{bo / s'lx/f] x]g{ dfgx'Fsf]6df b}lgs eL8 nfUg] u/]sf 5g . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।

प्रकाशित : बुधबार, मङि्सर ०३, २०७७०९:००

समुदायस्तरमै फैलियो कोरोना सङ्क्रमण