मोटरसाइकलको ठ-क्करबाट ३ वर्षीय समीर नेपालीको मृत्यु!

सांकेतिक तस्विर

मो-टरसाइकलको ठ-क्करबाट आज वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१ का तीन वर्षीय समीर नेपाली रहेको छ । उनको घ-टनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् । पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुुर्खेत जुुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दु-र्घटनामा एकको मृत्यु
त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो । काठमाडौँबाट नारायणघाटतर्फ जाँदै गरेको ना६ख ४९४७ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनापछि बजारवासीले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : बुधबार, मङि्सर ०३, २०७७१९:२५

गण्डकीमा थपिए ५८ जना कोरोना सङ्क्रमित, ३ को मृत्यु!