एजेन्सी – तिर्खाएको कौवा र घैँटोको कथा त धेरैले सुनेकै हुनुपर्छ। साह्रै तिर्खाएको कौवाले घैँटोको पीँधमा भएको पानी कसरी खायो भन्ने कथा विश्वभर प्रसिद्ध छ।
सानासाना ढुंगा चुच्चोले एकएक गरी ओसार्दै घैँटोभित्र राख्दै पानी पिएर आफ्नो ज्यान तिर्खा मेटाएको कथा विश्वभर सबै भन्दा चर्चित नीति कथा भित्र समेत पर्छ।
यसै कथालाई एक चराले चरितार्थ गरेको भिडियो सामाजिक संजालमा भाइरल छ। भिडियोमा तिर्खाएको कौवा र घैँटोको कथामा भनिएजस्तै एक चराले पनि पानी पिउनको लागि एक बिटलमा सानासाना ढुंगा बोतलमा हाल्दै गरेको देखिएको छ।
फेसबुक, ट्वीटर तथा युट्युबमा भाइरल हुनु अगाडी उक्त भिडियो सबै भन्दा पहिला रेडिटमा देखा परेको थियो। रेडिटमा भाइरल भएपछि उक्त भिडियो क्रमिक रुपमा ट्वीटर र फेसबुकमा देखा परेको थियो।
भिडियो हेर्ने धेरै जस्तोले टिप्पणी गर्दै बचपनको कथालाई भिडियोमा देख्न पाएको भन्दै खुसि व्यक्त गरेको पाइएको छ। जस मध्ये केहिले भिडियोलाई अविश्वसनीय समेत भनेका छन्।
बताइएअनुसार, भिडियोमा देखिएको चरा ‘म्याग्पी’ रहेको छ। म्याग्पी संसारकै सबैभन्दा बौद्धिक चराको समूहमा पर्ने पन्छीविज्ञहरु बताउँछन्। म्याग्पी र कौवा एकै परिवार भित्र पर्ने र उनीहरु बीच धेरै समानता हुने बताइन्छ।
Like crows and other corvids, magpies are exceptionally intelligent birds, with cognitive abilities rivalling those of primates. Here, a magpie uses water displacement to get a drink, showing an apparent understanding of cause and effect relationships. https://t.co/RI14jLPImF pic.twitter.com/Wbu0vKyzPq
— Steve Stewart-Williams (@SteveStuWill) November 15, 2020