कपिल शर्माले घटाए यति धेरै तौल, सुनेर गोविन्दले गरे मजाक!

एजेन्सी, चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मा केहि समय पहिले निकै मोटाएका थिए। ‘द कपिल शर्मा शो’ मार्फत टिभी स्क्रिनमा यसको झलक पनि प्रस्टै देखिन्थ्यो। तर अहिले उनि आफ्नो फिटनेसलाई लिएर चर्चामा छन् ।

कपिल शर्मा केहि समय देखि आफ्नो तौल कम गर्नको लागि निकै मेहनत गरिरहेका थिए। खबरअनुसार कपिल शर्माले ११ किलो तौल कम गरेका छन्। हालै कपिलको एक तस्विर सोशल मिडियामा भाइरल भैरहेको छ। जसमा कपिलले खुलासा गरेका छन् कि उनले आफ्नो वजन निकै कम गरेका छन्। कपिल  शर्माको यो भिडियो अर्चना पुरण सिंहले बनाएकी  हुन्। जसमा गोविन्द र कपिल शर्माले फिटनेसको कुरा गरेका छन्। जसमा कपिलले आफु  ९२ किलोबाट ८१ किलोमा झरेको बताएका छन्। अर्थात् उनले ११ किलो तौल घटाएका हुन्। यो कुरा सुनेर गोविन्दाले  मजाक गर्दै आफ्नो शरिरलाई लुकाई स्टाइल पार्दै हिडेको देखिन्छ।

प्रकाशित : बिहिबार, मङि्सर ०४, २०७७१४:०३

गोरे, सुन र दुबई बीचको कनेक्सन बारे नयाँ खुलासा !