लियोनेल मेस्सीले बार्सिलोनामा सफल हुन नसकेका एन्टोइन ग्रिजमनको असफलताको लागि आफू जिम्मेवार भएको दाबी गरेकोमा कुरामा जवाफ दिएका छन्। अर्जेन्टिनाका कप्तानले भने कि उनी क्लबका असफलताका लागि दोषी भएको आरोपको बारेमा दिक्क भइसकेका छन्।
फ्रान्सका स्ट्राइकरका काका र पूर्व एजेन्टले मेस्सीको आलोचना गरेपछि बार्सिलोनाका कप्तानको यस्तो प्रतिक्रिया आएको हो। केहि दिन अघि मात्र ग्रिजमनका काकाले मेस्सी नै क्याम नाउको सबै समस्याको जड रहेको बताएका थिए।
मेस्सी र बार्सिलोना बीचको सम्बन्ध केहि समययता राम्रो छैन। उनीहरु बीच क्लब मैदानबाट र बाहिर दुबै कुरामा गिरावट आएको छ। यस्तोमा ग्रिजमनका काका इमानुएल लोपेज र पूर्व एजेन्ट एरिक ओल्हट उक्त कुराले मेस्सी अझै रुष्ट भयका छन्। उनीहरुले मेस्सीको कारणले नै ग्रिजमन बार्सिलोनामा सफल हुन नसकेको बताए।
अर्जेन्टिनी कप्तानले अन्तर्राष्ट्रिय ब्रेकबाट फर्कंदा एल प्रेस एयरपोर्टमा पुग्दा प्रेसलाई यसबारे जवाफ दिए। यसको उत्तरमा मेस्सीले पत्रकारलाई भने “म क्लबमा सबैको समस्या हुनबाट थाकेको छु।” मेस्सीले अन्तर्राष्ट्रिय ब्रेकपछि बार्साको अर्को खेलमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।