एक वैवाहिक जीवन सफल हुनको लागि पति पत्नी बीच समझदारी, माया प्रेम हुन अत्यन्त जरूरी हुन्छ। कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने किसिमका हुन्छन् भने कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन्। ज्योतिष शास्त्रका अनुसार केहि राशिका पुरुष आफ्नी श्रीमतीलाई अत्यन्त माया गर्ने किसिमका हुन्छन्।
मेष राशि
मेष राशि हुने पुरष पति आफ्नो पत्नीको प्रेममा पागल हुने गर्छन्। एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि राम्रो हुने गर्छ। यो राशिका भएका बफादार हुन्छन्।
सिंह राशि
जिद्दी र रिसालु स्वभावका भएपनि यस राशिका पुरुष आफ्नी श्रीमतीको हरेक सुख-दुखमा साथ दिन हर पल तयार हुन्छन्। आफ्नो श्रीमतीको हरेक इच्छा र आवश्यकता पू र गर्न कोशिश गर्ने यिनीहरु बीचको सम्बन्ध अत्यन्त राम्रो हुन्छ।
कन्या राशि
खुल्ला हृदय भएका यस राशिका पुरुषहरु पनि श्रीमतीको प्रेममा पागल हुन्छन्। यी पुरुष आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन्। घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने यी मानिसले मान-प्रतिष्ठा प्राप्त गर्छन्। ।
वृश्चिक राशि
आफ्नो श्रीमतीको हरेक चाहना पूरा गर्न कोशिश गर्ने वृश्चिक राशिमा पुरुष सबैको प्यारो हुन्छन्। आफ्न जीवनसाथी प्रति सधै वफादार रहने यी मानिस सामाजिक क्षेत्रमा पनि निकै सफल हुन्छन्।