काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका गोकुल बाँस्कोटाले नेकपाको माथिल्लो तहमा विवाद चलिरहेका बेला दोस्रो तहका नेताहरु एकजुट हुनुपर्ने बताएका छन्।
पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले शुक्रबार बिहान एक ट्वीट गर्दै दोस्रो तहका नेताहरु निकटता आधारमा विभाजित हुने भन्दा पनि एकजुट भएर पार्टीको नेतृत्व गर्न अग्रसर हुनुपर्ने बताएका हुन्।
पार्टीको माथिल्लो तहमा देखिएको विवादलाई तल्लो तहका नेताहरुले हस्तक्षेप गरेर नेतृत्व लिनुपर्ने बाँस्कोटाको भनाई छ। निकटताकाे पहिचान बाेकेर बिभाजित टुकडीकाे कम्पनी कमाण्डरमा चित्त बुझाउने भन्दा पनि हस्तक्षेपद्वारा एकिकृत पार्टीकाे नेतृत्व गर्नेमा दोस्रो तहका नेताहरु लाग्नुपर्नेमा बाँस्कोटाको जोड छ।
नेकपाकाेदाेश्राेपुस्ता(शंकर,जनार्दन,प्रदीप,टाेपबहादुर,याेगेश,सुरेन्द्र,बिष्णुहरुले)निकटताकाे पहिचान बाेकेर बिभाजित टुकडीकाे कम्पनी कमाण्डरमा चित्त बुझाउनेकि विशाल पार्टीमा सार्थक सैध्दान्तिक,बैचारिक,सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीकाे नेतृत्व गर्ने?अब समयले परिक्षण माग्याे।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 20, 2020

“नेकपाकाेदाेश्राेपुस्ता(शंकर,जनार्दन,प्रदीप,टाेपबहादुर,याेगेश,सुरेन्द्र,बिष्णुहरुले)निकटताकाे पहिचान बाेकेर बिभाजित टुकडीकाे कम्पनी कमाण्डरमा चित्त बुझाउनेकि विशाल पार्टीमा सार्थक सैध्दान्तिक,बैचारिक,सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीकाे नेतृत्व गर्ने?अब समयले परिक्षण माग्याे।”,बाँस्कोटाले ट्वीट गर्दै लेखेका छन्।
नेकपामा नयाँ पुस्ताको चर्चा
पछिल्लो केहि समय देखि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइरहेका छन्। पार्टीको उच्च तहमा रहेका नेताहरु लामो समय देखि नेतृत्वमा रहिसकेको हुँदा अब पार्टीमा नयाँ पुस्तालाई मौका दिनुपर्ने ओलीले बताएसँगै यस विषयले महत्व पाइरहेको छ।
नेकपाको माथिल्लो तहमा देखिएको विवादमा तल्लो तहले हस्तक्षेप गर्नुपर्ने तर्फ केहि नेताहरु बोल्न थालेको अवस्था समेत छ। बिहिबार मात्रै पर्यटन मन्त्री योगेश भट्टराईले पार्टीको विवादमा दोस्रो तहका नेताहरुले हस्तक्षेप गर्नुपर्ने तर्फ सङ्केत गरेका थिए।