मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पारिवारिक विषयमा विशेष ध्यान दिनुहोस्। परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा चर्चा हुनेछ। कार्यक्षेत्रमा सन्तुष्टिको अनुभव हुनेछ। स्त्री वर्गबाट मान-सम्मान मिल्नेछ। निरुत्साही नहुनुहोस्। आमासँग सम्बन्ध राम्रो हुनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। विदेश जान इच्छुक मानिसको लागि समय शुभ रहनेछ। लामो यात्राको योग बन्नेछ। धार्मिक स्थानको भ्रमण हुने सम्भावना रहेको छ। कार्यक्षेत्र वा व्यापारको कार्यभार अत्यधिक रहनेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नकारात्मक तथा निषेधात्मक बिचार मनमा आउनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। क्रोधमा संयम राख्नुहोला, अन्यथा अनिष्ट प्रसङ्ग हुनसक्छ। अत्यधिक खर्च हुनाले आर्थिक संकटको सामना गर्नुपर्ला। परिवारमा नकारात्मक वातावरण रहला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। रमणीय यात्राको योग बन्ने सम्भावना रहेको छ। वैभव जीवनशैली र मनोरंजन क्षेत्रमा खर्च हुनेछ। आकस्मिक लाभ मिल्ने योग देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंको लागि दिन मध्यम फलदायी रहनेछ। परिवारका सदस्यसँग मदभेद हुनसक्छ। दैनिक कार्यमा विघ्न आउनसक्छ। आमाको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। अधिक परिश्रम पश्चात पनि कम सफलता मिल्ला। कार्यक्षेत्रमा परिस्थति तपाईंको अनुकूल नरहला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आकस्मिक धन खर्च हुने देखिन्छ। विद्यार्थीहरूले अध्ययनमा अवरोधहरूको सामना गर्नुपर्नेछ। मन प्रियजनसँग भेटेर खुशी हुनेछ। पेटसँग सम्बन्धित समस्याले सताउन सक्छ। शेयर-सट्टेमा लगानी गर्नमा सावधान हुनुपर्छ। कुनै पनि प्रकारको कलह टाढा नै रहनुहोस्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंको लागि दिन शुभ रहनेछ। मनमा संवेदनशीलताको मात्रा बढी हुनेछ। शारीरिक उर्जाको अभाव हुनेछ। मानसिक चिन्ता पनि हुनेछ। धन तथा ख्यातिको हानि हुनसक्छ, सजग रहनुहोला। आमाको स्वास्थ्य चिन्ताको विषय बन्नेछ। आफन्तसँग मनमुटाव हुनसक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। भाग्यवृद्धिको योग रहेको छ। छोटो यात्राको आयोजन हुनेछ। कार्य सफलता मिल्नुका साथै साथी-भाईसँग भेट हुनाले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंको लागि दिन मिश्रित फलदायी रहनेछ। भ्रमको कारण कुनै महत्वपूर्ण निर्णय लिन गाह्रो हुनेछ। मनमा व्यग्रता रहनेछ। परिवारका सदस्यहरूसँग मनमुटाव हुनसक्छ। काममा अपेक्षित सफलता नमिल्दा मन चिन्तित रहनेछ। कार्यभार पनि बढ्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
धार्मिक कार्यमा संलग्न हुने मौका मिल्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। आफन्त तथा मित्रबाट उपहार मिल्नाले मन प्रशन्न रहनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
स्वास्थ्यको हिसाबले दिन उतम छैन। शारीरिक तथा मानसिक अस्वस्थ रहनुहुनेछ। आर्थिक कारोबार गर्दा सावधान रहनुहोला। खर्चको मात्र अधिक रहनाले आर्थिक समस्याले सताउन सक्छ। वाणी तथा क्रोधमा संयम राखुहोला। परिवारमा कलह हुने सम्भावना रहेको छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। सन्तानको विषयमा शुभ खबर मिल्नेछ। नयाँ मित्रता तथा सम्बन्ध स्थापना हुनेछ। साथी-भाई सँग रमणीय भेटघाट हुने सम्भावना रहेको छ। सामाजिक प्रसङ्गले यात्राको योग बन्ने देखिन्छ। व्यापार व्यवसायबाट आर्थिक लाभ प्राप्त हुनेछ।