आजको भागदौडको जिन्दगीमा प्राय: मानिसलाई वजन बढ्ने समस्याले सताईरहेको छ। मानिसहरूले तौल घटाउन विभिन्न विधि अपनाउँछन्। केहि व्यक्तिहरूले तौल कम गर्न औषधीहरू पनि सेवन गर्छन्। वास्तवमा औषधी खाँदा शरीरमा धेरै साइड इफेक्ट हुन्छन्। वजन बढ्नाले स्वास्थ्य सम्बन्धि थुप्रै निम्ताउन सक्छ।
आज हामी तपाईंलाई यस्ता उपायहरू बताउँदछौं जसले तपाईं सजीलो गरी आफ्नो वजन घटाउन सक्नुहुन्छ।
उपाय
बढ्दो वजन कम गर्नको लागि दैनिक रूपमा एक गिलास पानीमा कागतीको रस र सखर मिलाएर खानुहोस्। यसको सेवन गर्नाले शरीरको बोसो पग्लिनुका साथै वजन कम हुन्छ।
यसरी सेवन गर्नुहोस्
एक गिलास पानीमा थोरै सखर र एउटा कागतीको रस मिलाएर पिउनुहोस्। सखरको मात्र निकै कम हुनुपर्दछ। यस बाहेक तपाईं यसमा पेपरमिन्ट पनि थप्न सक्नुहुन्छ। सखर र कागती धेरै पहिलेबाट वजन कम गर्न प्रयोग गरिन्छ। आयुर्वेधिकमा पनि यिनीहरुको खास महत्व रहेको छ।
सखरको फाइदा
सखर स्वास्थ्यको लागि अत्यन्त प्रभावकारी हुन्छ। एन्टीअक्सीडेन्ट्स, जिंक र सेलेनियम प्रचुर मात्रामा हुन्छ, जसले शरीरमा प्रतिरोध क्षमता बढाउँछ। यस बाहेक, यसको सेवनले मेटाबोलिज्म पनि बढाउँदछ।
कागतीको फाइदा
कागतीमा भिटामिन सी समावेश हुन्छ। यसले शरीरमा प्रतिरोध क्षमता बढाउँछ। निम्बूमा पोलीफेनल एन्टिअक्सीडेन्ट हुन्छ जसले वजन नियन्त्रण गर्दछ।