एजेन्सी – चीनले हङकङको विषयमा धेरै दखल नदिन पश्चिमा मुलुकहरुलाई चेतवानी दिएको छ। पछिल्लो समय हङकङमा देखिएको राजनीतिक गतिरोधका विषयमा विभिन्न देशहरुले चासो व्यक्त गरेका बेला चीनले हङकङको विषयमा धेरै दखल नदिन कडा चेतवानी दिएको हो।
अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र बेलायतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै चीनसँग हङकङको संसदबाट हटाइएका चार सांसदलाई पुनर्बहालीको माग गरेसँगै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले आँखा निकालिनेदिने चेतवानी दिएका छन्।
अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र बेलायतको समूहलाई ‘फाइभ आइज’ भनिन्छ। जसलाई लक्षित गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले चिनियाँहरु आफू कहिले पनि समस्या सृजना नगर्ने र आफ्नो बाटोमा आउनेहरु ५-१० जति भएपनि आँखा निकालिने बताए।
यस्तै उनले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको पनि बताएका छन्।
के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई लिएर पश्चाताप भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आँफूले देशको नियम र कानूनको पालना गरेकोमा पश्चाताप नहुने बताएपछि लिचियानले यस्तो प्रतिक्रिया दिएका हुन्।
“किन क्यानाडा मात्रैै एउटा यस्तो मुलुक भएको छ जसले सुपुर्दगी सन्धिलाई पालना गर्नुपर्ने ? किन अमेरिकाका सहयोगी अन्य मुलुकले यो जिम्मेवारीलाई मान्दैनन् ।”,उनले भने।
क्यानाडाले तथ्यलाई तोडमोड गरेको र वास्तविकतालाई लुकाएर क्यानाडेली नागरिकलाई नै गलत बाटोमा लान खोजेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ ।