ओबामाले भने – ‘ह्वाइटहाउसभित्र कमाण्डो पठाएर ट्रम्पलाई बाहिर निकाल्नु पर्छ’

एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट आउसभित्र कमाण्डो पठाएर बाहिर निकाल्न सकिने बताएका छन् ।

सन् २०२० को राष्ट्रपतीय चुनावमा पराजित भइसकेर पनि पराजय स्वीकार नगरी ह्वाइट आउसभित्रै बसिरहेका ट्रम्प बारे टिप्पणी गर्दै ओबामाले कमाण्डो पठाएर पनि बाहिर निकाल्न सकिने बताएका हुन्।

शुक्रबार ओबामा प्रसिद्ध टिभी कार्यक्रम ‘जिमी किम्ल लाइभ’ मा आफ्नो पुस्तक ‘ए प्रमिस्ड ल्याण्ड’ बारे प्रष्ट पार्न सहभागी भए। त्यसक्रममा उनलाई ट्रम्पले आफ्नो हार स्वीकार नगरेको विषयमा प्रश्न सोधियो। जसक्रममा उनले ठट्टा गर्दै नेभिसील कमाण्डोहरूको टोली पठाउन सकिने बताए।

“मलाई लाग्छ – हामीले हाम्रो नेभिसील कमाण्डोहरू पठाएर जुनसुकै व्यक्तिलाई निकाल्न सक्छौं।”, ट्रम्प ह्वाइटहाउसमा कहाँ लुके होलान् भन्दै जिम्मीले सोध्दा ओबामाले भने।

अमेरिकाका सम्पूर्ण राज्यको मतगणनाको नतिजा आइसकेपनि ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएर आफ्नो पराजय अस्विकार गरिरहेका छन्।

बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको भएपनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन्।

बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्दा राष्ट्रपति ट्रम्पको भने २३२ मत मात्र प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २७० मत आवश्यक हुन्छ ।

प्रकाशित : शनिबार, मङि्सर ०६, २०७७१५:२५

नेकपा विवाद तल्लो तह सम्म: चितवनमा ओली समर्थकले आफ्नै नेतालाई यस्तो सम्म गरे !