नेकपा विवाद तल्लो तह सम्म: चितवनमा ओली समर्थकले आफ्नै नेतालाई यस्तो सम्म गरे !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद तल्लो तल सम्म पुग्ने देखिएको छ। पछिल्ला केहि घटनाहरुले नेकपा भित्रको विवाद तल्लो तहमा समेत पुग्ने सङ्केत गरेका हुन्।

शनिबार नेकपाका एक नेता माथिन नेकपाकै कार्यकर्ताहरुले दु’र्व्यव’हार गरेका छन्। चितवनमा नेकपाका कार्यकर्ताले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दु’र्व्यवहा’र गरेका हुन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेलाई नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा दु’र्व्यव’हार गरिएको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेको नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले बताए।

कार्यक्रम चलिरहेकै बेला कमिटीभन्दा बाहिरका केही मान्छे प्रवेश गरी हो–हल्लाका साथै नाराबाजी गरेपछि कार्यक्रमनै स्थगित गर्नुपरेको उनको भनाई छ। उक्त समूहले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएको कार्यक्रममा सहभागीहरुले बताए।

प्रचण्ड तथा माधवकुमार नेपाल निकट पाण्डेले केहि समय अगाडी केहि संचार माध्यममा अन्तर्वार्ता दिँदै ओली सरकार ढल्दैमा देशलाई ठूलो असर नपर्ने बताएका थिए। जसकारण ओलीपक्षका नेता तथा कार्यकर्ता उनी प्रति आक्रोशित छन्।

प्रकाशित : शनिबार, मङि्सर ०६, २०७७१६:१४

बामदेवले स्पष्टसँग भने – ‘म कसैको गुटमा छैन’